सोमबार , अषोज २६, २०८३

कैलाली । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी धनगढी पुगेका हुन्। सचिव पौडेलले डा. केसी उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका छन्। त्यस क्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको तथा आइतबार उनका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिएका छन्।

डा. केसी र उनका सहयोगीसँग संवाद गरी धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको सचिव पौडेलले बताएका छन्। आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव धनगढी आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुने उनले जानकारी दिएका हुन्। सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ छ।

विभिन्न पाँचबुँदे माग राखी डा. केसी तीन दिनदेखि अनशनमा बसेका छन्। स्वास्थ्यमा समस्या आएपछि अनशनस्थल धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा. केसीसँग सचिव पौडेलसहित सामान्य संवाद गरिएको र स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP