सोमबार , अषोज २६, २०८३

काठमाडौं । स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्री) ले फिफा विश्वकप २०२६ को एडिडास गोल्डेन बल अवार्ड जितेका छन्। स्पेनलाई १६ वर्षपछि विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडी (Player of the Tournament) घोषित भएका हुन्।

रोड्रीले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका कप्तान किलियन एमबाप्पे लाई पछि पार्दै प्रतिष्ठित गोल्डेन बल जितेका हुन्। कप्तानका रूपमा टोलीको नेतृत्व गर्नुका साथै मिडफिल्डमा खेल नियन्त्रण, बल वितरण र आक्रमण निर्माणमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

रोड्रीको कप्तानीमा स्पेनले सोमबार बिहान सम्पन्न फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक फिफा विश्वकपको उपाधि जित्यो। यसअघि स्पेनले सन् २०१० मा इकर क्यासियासको कप्तानीमा पहिलो पटक विश्वकप जितेको थियो। सन् २०१८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोड्री स्पेनलाई विश्वकप जिताउने दोस्रो कप्तान बने।

म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले सन् २०२४ मा बालोन डी’ओर जितिसकेका छन्। विश्वकप, युइएफए च्याम्पियन्स लिग र बालोन डी’ओर जित्ने खेलाडीहरूको विशिष्ट सूचीमा पनि उनी समावेश भएका छन्। सन् २०२४ को युरो कपमा पनि स्पेनलाई उपाधि दिलाउँदै उनले प्रतियोगिताकै उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए।

यस विश्वकपमा अर्जेन्टिनाका कप्तान मेसीले सिल्भर बल तथा फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल अवार्ड प्राप्त गरे।

स्पेनका गोलकिपर उनाई सिमोन उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोभ्स जित्न सफल भए। उनले आठ खेलमध्ये सात खेलमा क्लिनसिट राख्दै नयाँ कीर्तिमान बनाए भने लगातार ६०० मिनेटभन्दा बढी समय गोल नखाने उपलब्धि पनि कायम गरे। स्पेनकै १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए।

उता, फ्रान्सका कप्तान एमबाप्पेले प्रतियोगिताभर सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जिते। उनी लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने। अर्जेन्टिनाका मेसीले ८ गोलसहित सिल्भर बुट तथा इंग्ल्यान्डका जुड बेलिङ्घम ले ७ गोलसहित ब्रोन्ज बुट अवार्ड हात पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP