बुधबार , साउन ६, २०८३

अस्ट्रेलियामा कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै रोजगारी, सिर्जनात्मक क्षेत्र र उपभोक्ता सुरक्षाबारे बढ्दो चिन्ताबीच प्रधानमन्त्री एन्थोनी अल्बानीजले एआई व्यवस्थापनका लागि नयाँ राष्ट्रिय नियामक ढाँचा ल्याउने योजना घोषणा गरेका छन्।

सरकारले प्रस्ताव गरेको यो ढाँचाले राष्ट्रिय हित, उपभोक्ताको सुरक्षा तथा अस्ट्रेलियन सिर्जनाकर्ता, कलाकार र पत्रकारको अधिकार संरक्षण गर्दै एआई क्षेत्रमा हुने नवीनतालाई पनि प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

प्रस्तावित व्यवस्थाअन्तर्गत ठूला एआई डेटा केन्द्रहरूको सञ्चालनका लागि स्पष्ट मापदण्ड र नियम बनाइनेछ। साथै, एआई प्रविधिको विकास र प्रयोगलाई देशभर एउटै मापदण्डअनुसार सञ्चालन गर्न राष्ट्रिय स्तरको एकीकृत नियमन प्रणाली स्थापना गरिने जनाइएको छ।

सरकारका अनुसार यस कदमले एआईबाट सिर्जना हुनसक्ने जोखिमलाई न्यून गर्दै प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नेछ।

प्रधानमन्त्री अल्बानीजले अस्ट्रेलियाले एआईको भविष्य आफ्नै मूल्य र प्राथमिकताअनुसार निर्माण गर्न चाहेको बताए। उनले भने, “यो विश्वस्तरीय ढाँचाको उद्देश्य एआईको भविष्यले हामीलाई आकार दिनु होइन, बरु हामी आफैंले भविष्यलाई आकार दिने निर्णय गर्नु हो।”

एआईको बढ्दो प्रयोगका कारण विश्वभर विभिन्न पेशा र उद्योगमा रोजगारीको स्वरूप परिवर्तन भइरहेका बेला अस्ट्रेलियाको यो पहललाई प्रविधि र सार्वजनिक हितबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल

नेपाली कला, संस्कृति र संगीतको उत्सव: डार्विनमा नेपाल फेष्टिभल आज


TOP