सोमबार , अषोज २६, २०८३

अस्ट्रेलियाको प्रमुख दूरसञ्चार सेवा प्रदायक टेलस्ट्रालाई देशव्यापी सेवा अवरुद्ध भएको घटनापछि ३० मिलियन डलरभन्दा बढी जरिवाना हुनसक्ने भएको छ।

एक साताअघि भएको सेवा अवरोधका कारण आपतकालीन कल सेवा, सार्वजनिक यातायात तथा डिजिटल भुक्तानी प्रणाली प्रभावित हुँदा हजारौं सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको थियो।

घटनापछि अस्ट्रेलियाको सिनेटको छानबिन समितिले टेलस्ट्राका प्रतिनिधिलाई सुनुवाइका लागि बोलाएको छ। प्रारम्भिक अनुसन्धानमा करिब ३० हजार डलर मूल्य पर्ने एउटा सर्भर समयमै मर्मत नगर्दा प्रणालीमा समस्या आएको खुलेको छ।

संघीय शिक्षामन्त्री जेसन क्लियरले अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको जानकारी दिएका छन्। घटनाबारे थप छानबिन जारी रहेकाले नियामक निकायले कम्पनीमाथि ३० मिलियन डलरभन्दा बढी जरिवाना लगाउन सक्ने सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP