मंगलबार , असार ३०, २०८३

विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाएको छ। मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने नियतले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लङ्घन भएको रास्वपाको ठहर छ।

रास्वपा महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र प्रेस स्वतन्त्रता संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू किमार्थ स्वीकार्य नहुने स्पष्ट पारेका छन्। “एक लोकतान्त्रिक र विधिको शासनमा विश्वास गर्ने दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिन्छ,” विज्ञप्तिमा भनिएको छ।

रास्वपाले यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चार-माध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृहमन्त्रालय र सुरक्षा निकायसँग माग गरेको छ। साथै, यस्ता शङ्कास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन आग्रह गर्दै रास्वपाले सञ्चारजगत्‌लाई कुनै पनि दबाब र त्रासमा नपरी व्यावसायिक धर्म निर्वाह गरिरहन अपिलसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP