मंगलबार , अषोज २७, २०८३

बुटवल, असार २७ | पुराखबर

रुपन्देही प्रहरीले बैंकिङ कसुर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सैनामैना नगरपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–दीपनगर बस्दै आएकी पार्वती पन्त पौडेल रहेकी छन्।

प्रहरीका अनुसार जग्गा खरिद–बिक्रीको कारोबारका क्रममा पौडेलले भुक्तानीस्वरूप ११ लाख रुपैयाँको चेक दिएपछि सोही चेकको भुक्तानी रोक्न बैंकमा निवेदन दिएको आरोप लागेको छ। पीडित पक्षको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार सैनामैना निवासी सम्राट चन्द (बजाज) बाट जग्गा खरिद गरी नामसारी सम्पन्न भएपछि पौडेलले ११ लाख रुपैयाँको चेक दिएकी थिइन्। तर, त्यसलगत्तै चेकबुक हराएको भन्दै बैंकमा चेकको भुक्तानी रोक्न निवेदन दिएको आरोप छ।

पीडित सम्राट चन्दले चेक साट्न बैंक जाँदा भुक्तानी रोक्का गरिएको जानकारी पाएपछि आफू आर्थिक रूपमा ठगिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले पक्राउ पुर्जी कार्यान्वयन गर्दै पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेकी महिलामाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

नेपालको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार जानीजानी चेकको भुक्तानी रोक्ने, खातामा पर्याप्त रकम नराख्ने वा प्राप्तकर्तालाई आर्थिक हानि पुर्‍याउने उद्देश्यले बैंकलाई भुक्तानी रोक्न निर्देशन दिने कार्य बैंकिङ कसुर मानिन्छ। कसुर प्रमाणित भएमा बिगो भराइ, जरिवाना, कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

नोट: पक्राउ परेकी महिलामाथिको आरोप अनुसन्धानकै क्रममा रहेकाले अन्तिम दोषी वा निर्दोष भन्ने विषय अदालतको अन्तिम निर्णयबाट मात्र टुंगो लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP