शुक्रबार , भाद्र १२, २०८३

बेलायतमा अध्ययनरत नेपाली वुमा कुङ्फु खेलाडी सरिना घले ले WMAC British Championship मा स्वर्ण पदक जितेकी छन्।

नेपाल वुमा कुङ्फु संघका अध्यक्ष सञ्जित कुमार राईका अनुसार सरिनाले Women’s Creative Form (१८ वर्षमाथि, Mixed Belt Category) मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन्।

बेलायतको वोर्सेस्टर (Worcester) मा सम्पन्न प्रतियोगितामा सरिनाले २२.९ अंक प्राप्त गर्दै इंग्ल्यान्डकी अमेलिया पार्किनलाई २२.८ अंक मा सीमित पारेर रोमाञ्चक जित दर्ता गरिन्।

दुई वर्षअघि उच्च शिक्षाका लागि बेलायत पुगेकी सरिनाले अध्ययनसँगै आफ्नो मार्सल आर्ट्स यात्रालाई निरन्तरता दिएकी छन्। उनले Digital Marketing विषयमा Master of Science (MSc) सफलतापूर्वक पूरा गरिसकेकी छन्।

मार्सल आर्ट्ससँगै सरिना दौड प्रतियोगितामा पनि सक्रिय छिन्। उनले London Marathon 2026 सहित विभिन्न दौड प्रतियोगितामा सहभागिता जनाएकी छन्। साथै, उनी एक उत्कृष्ट सांस्कृतिक नृत्याङ्गना पनि हुन्। नेपाल तथा बेलायतमा आयोजित विभिन्न सामुदायिक सांस्कृतिक कार्यक्रमहरूमा उनले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरिसकेकी छन्।

स्वर्ण पदक विजेता सरिना अब आगामी सेप्टेम्बर २०२६ मा अस्ट्रियाको भियना (Vienna) मा हुने WMAC World Championship 2026 को तयारीमा जुटेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP