मंगलबार , अषोज २७, २०८३

नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित जिल्लाधीश भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी रहेका छन्।

बैठकको सहअध्यक्षता गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका अनुसार नेपाल–भारत सीमा व्यवस्थापनका लागि भइरहेका कामकारबाही, सीमा स्तम्भको अवस्था, मर्मत–सम्भार तथा पुनःनिर्माणलगायत विषयमा छलफल भएको थियो ।

पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समझदारी भएको जानकारी दिँदै प्रजिअ रेग्मीले भने“सीमा स्तम्भको मर्मत–सम्भार, हराएका स्तम्भको खोजी गरी पुनःनिर्माण तथा आवश्यक मर्मतलाई अघि बढाइनेछ ।” बैठकमा हराएका सीमा स्तम्भको पुनःनिर्माण सम्बन्धी प्राविधिक टोलीको प्रगतिबारे पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP