मंगलबार , जेठ २६, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अधिकांश प्रमुख विदेशी मुद्राको भाउ वृद्धि भएको छ। अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतका मुद्राको मूल्य हिजोको तुलनामा बढेको हो।

आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ, जुन हिजोको तुलनामा उल्लेख्य वृद्धि हो। यस्तै, युरोको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा पुगेको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा पुगेको छ। त्यस्तै क्यानेडियन डलर, सिङ्गापुर डलर, स्वीस फ्रयाङ्क, जापानी येन, चिनियाँ युआन, थाइ भाट, युएई दिराम, साउदी रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस तथा डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको मूल्यमा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

यद्यपि भारतीय रुपैयाँ भने स्थिर रहेको छ। आज पनि भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य सांगीतिक उत्सव: सबिन राईदेखि Kids Fashion Show सम्म रंगिन कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान


TOP