मंगलबार , अषोज २७, २०८३

दरबार हत्याकाण्डको २५औँ वर्षको अवसरमा मंगलबार नारायणहिटीस्थित नारायणस्थान चतुर्व्युह नारायण मन्दिरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज हृदयेन्द्र शाहसहित पूर्वराज परिवारका सदस्यहरूको उपस्थितिमा दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा दरबार हत्याकाण्डमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो अवसरमा दीप प्रज्वलन गरी दिवंगत आत्माहरूको स्मरण गरिएको थियो। सहभागीहरूले दरबार हत्याकाण्डमा ज्यान गुमाएकाहरूप्रति श्रद्धा व्यक्त गर्दै मौनधारण समेत गरेका थिए। वि.सं. २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह लगायत राजपरिवारका अधिकांश सदस्यको निधन भएको थियो।

उक्त घटनाको २५औँ वर्ष पुगेको सन्दर्भमा स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। श्रृद्धान्जली सभामा दरबार हत्याकाण्डमा निधन भएका नौ जनाको तस्विर अगाडी दीप प्रज्वलन गरिएपनि तत्कालिन युवराज दीपेन्द्र वीरविक्रम शाहको तस्विर भने देखिएन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP