शुक्रबार , भाद्र १२, २०८३

डार्विन (अष्ट्रेलिया) — अष्ट्रेलियाको नर्दन टेरिटोरीको राजधानी डार्विनमा आगामी जुन१३ तारिखका दिन भव्य ‘नेपाल महोत्सव २०२६’ आयोजना हुने भएको छ । गैर–आवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरीको आयोजनामा हुन लागेको यस महोत्सवले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

‘एक देश,कथा अनेक’ (One Country, Many Stories) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सव डार्विनको प्रसिद्ध पर्यटकीय स्थल डार्विन वाटरफ्रन्टमा सञ्चालन हुनेछ । कार्यक्रममा नेपाली मौलिक कला–संस्कृति झल्काउने विभिन्न झाँकी, सांस्कृतिक नाचगान, खानाका परिकार तथा विशेष आकर्षणका रूपमा बालबालिकाहरूको ‘कुमारी नृत्य’ प्रस्तुत गरिने आयोजकले जनाएको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र क्यानबेरास्थित नेपाली दूतावासको समेत सहकार्य रहने बताइएको छ । महोत्सवले डार्विनमा रहेका नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

एनआरएनए नर्दन टेरिटोरीका संयोजक त्रिलोचन सापकोटाले नेपाल महोत्सवलाई नेपाली समुदायको साझा पर्वका रूपमा मनाउन सबैलाई आग्रह गरेका छन् । उनले नेपाली समुदायसँगै विदेशी साथीहरूलाई समेत कार्यक्रममा सहभागी गराई नेपालको विविध संस्कृति चिनाउन अनुरोध गरेका छन् । त्यस्तै, नेपाल फेस्टिभल इभेन्ट कोअर्डिनेटर तथा एनआरएनए एनटीका डेपुटी कोअर्डिनेटर निरोज देवकोटा ले समुदायको सक्रिय सहभागिताले महोत्सवलाई अझ भव्य र समावेशी बनाउने बताएका छन् ।

यसैबीच, ‘नेपाल महोत्सव २०२६’ लाई सफल बनाउन एनआरएनए एनटीले आगामी मे ३० तारिख सामुदायिक परामर्श (Community Consultation) कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा समुदायका सदस्य, स्वयंसेवक, विद्यार्थी, कलाकार, प्रायोजक तथा शुभेच्छुकहरूलाई सहभागी भई आफ्नो सुझाव र विचार राख्न आग्रह गरिएको छ ।

📅 मिति: शनिवार, ३० मे २०२६

⏰ समय: साँझ ५:३० – ७:०० बजे

📍 स्थान: Jingli Water Gardens, Jingli, NT

“Your Voice Matters” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस परामर्श कार्यक्रममा सबैको साथ, सुझाव र सहभागिताले नेपाल महोत्सव २०२६ लाई अझ ठूलो, उत्कृष्ट र समावेशी बनाउने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP