बिहिबार , बैसाख ३१, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो स्थापना भएको चार वर्ष पूरा भएको अवसरमा पहिलो महाधिवेशन आयोजना गर्ने भएको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवन मा हुने महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।

पार्टीले केन्द्रदेखि वडा तहसम्म गठन गरिएका संगठनमार्फत प्रतिनिधि चयन गर्ने तयारी गरेको छ। हालसम्म रास्वपाले सातै प्रदेश, ७७ जिल्ला र ५ सयभन्दा बढी पालिकामा संगठन विस्तार गरिसकेको जनाएको छ।

महाधिवेशनमा केन्द्रीय समिति, विभिन्न आयोग र विभाग, संघीय सांसद, प्रदेश नेतृत्व, जिल्ला समितिका प्रतिनिधि, निर्वाचन क्षेत्र प्रतिनिधि तथा प्रवास नेपाली सम्पर्क समितिका सदस्यहरू सहभागी हुनेछन्। पालिका तहबाट पनि जनसंख्याको आधारमा प्रतिनिधि पठाइने व्यवस्था गरिएको छ।

रास्वपाको वर्तमान विधानअनुसार नेतृत्व चयन दुई चरणमा हुनेछ। पहिलो चरणमा सभापति र ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ भने दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको निर्वाचन हुनेछ। सभापति पदमा रवि लामिछाने पुनः नेतृत्वमा आउने सम्भावना बलियो देखिएको नेताहरू बताउँछन्।

महाधिवेशन घोषणा भएसँगै केन्द्रीय समिति विघटन भएर आयोजक समितिमा रूपान्तरण भइसकेको छ। नेताहरूले लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन गरिने र सर्वसम्मतिको प्रयाससमेत हुने बताएका छन्।

पार्टीले महाधिवेशनलाई साधारण र सन्देशमूलक बनाउने तयारी गरेको छ। खर्चिलो मञ्च निर्माण नगरी खुला स्थानमा कार्यक्रम आयोजना गरिनेछ भने कुनै व्यक्ति वा व्यापारिक घरानाबाट चन्दा नलिइ सदस्य लेबी र प्रतिनिधि शुल्कबाट खर्च व्यवस्थापन गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

कामदारको तलब बढाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको संकेत


TOP