मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसले भ्रातृ संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार पार्टी सभापति गगन थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला र नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका छन्।

उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारीसहित नयाँ जिम्मेवारी दिइएको जनाइएको छ । नेविसंघको २०७३ पछि महाधिवेशन हुन सकेको छैन । तरुण दलको पनि २०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । नेपाल महिला संघको पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले १३ वटा भ्रातृ संस्थामध्ये पाँच वटाको कार्यसमिति विघटन गरेको थियो । कांग्रेसले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संस्थाहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने समयसीमा दिएको थियो ।

तर, पार्टीले दिएको कार्यादेश अनुसार निर्देशक समिति बनाउँदा पनि महाधिवेशन गर्न नसकेको र अधिवेशन समेत गर्न सक्ने आधार नदेखिएपछि केन्द्रीय कार्यसमितिले म्याद नथप्दा पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति स्वतः विघटन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP