शुक्रबार , भाद्र १२, २०८३

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्ति आउन ढिला भएको बताएका छन्। रास्वपाको आइतबारको बैठकले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका अव्यवस्थित बसोबास र भूमिहीनहरूको समस्या समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ।

सोही सन्दर्भमा रहेर सांसद हर्कले उक्त सुझाव धेरै सुकुम्बासीको घरटहरा भत्काएपछि आएको भन्दै टिप्पणी गरेका हुन्।उनले आयोग बनाएर मात्रै डोजर चलाउनु पर्ने बताए। अब आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर प्राधिकरण बनाउन खोजेको हो कि भन्दै प्रश्न समेत गरेका छन्।

‘रवि लामिछाने जी… ढिलो आयो अभिव्यक्ति। त्यो शक्तिशाली प्राधिकरण/आयोग बनाएर मात्रै डोजर चलाउनु पर्थ्यो। अब आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर हो प्राधिकरण बनाउन खोजेको?’ उनले भनेका छन्।

@repoterrsNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP