सोमबार , अषोज २६, २०८३

डार्विनमा आयोजना हुन लागेको निःशुल्क First Aid तथा CPR Training Workshop मा सहभागी हुनेहरूको संख्या तीव्र रूपमा बढेको छ । आयोजकका अनुसार हालसम्म ९० भन्दा बढी सहभागीले नाम दर्ता गरिसकेका छन् भने अब केवल १० सिट मात्र बाँकी रहेका छन् ।

NRNA NCC Australia, NT SCC को आयोजनामा हुन लागेको उक्त तालिम आगामी मे २ तारिख शनिबार TCASS Activity Hub, Berrimah मा सञ्चालन हुनेछ । बिहान ९:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई जीवन रक्षासम्बन्धी आधारभूत सीप प्रदान गरिने बताइएको छ ।

आयोजकले EOI (Expression of Interest) भर्ने समय आज सम्म मात्र रहेको जानकारी दिँदै इच्छुकलाई छिटो आवेदन दिन आग्रह गरेको छ । “पहिला आउनेले प्राथमिकता पाउने” व्यवस्था भएकाले ढिला नगर्न अनुरोध गरिएको छ ।

साथै, प्रायोगिक तालिममा सहभागी हुनुअघि अनिवार्य रूपमा theory test पूरा गर्नुपर्ने पनि NRNA NT का उपाध्यक्ष निरज देवकोटाले पुराखबरलाई जानकारी गराउँदै समुदायमा सुरक्षा सचेतना बढाउने र आपतकालीन अवस्थामा तत्काल प्रतिक्रिया दिन सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले नेपाली समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको पनि उल्लेख गरे ।

यस कार्यक्रमलाई TCASS लगायत विभिन्न नेपाली सामुदायिक संस्थाहरूले सहयोग गरेका छन् ।

“Empowering Community Volunteers with Life-Saving Skills” नारासहित आयोजना हुने कार्यक्रममा Church of Scientology Community Volunteer Program ले सहकार्य गरेको छ भने Results First Aid Training ले प्रशिक्षण प्रदान गर्नेछ । तालिम TCASS Activity Hub, 794 Stuart Highway, Berrimah (Trade Link नजिक) मा बिहान ९:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सञ्चालन हुनेछ । सहभागीहरूलाई बिहान ९ बजेदेखि प्रवेश दिइने आयोजकले जनाएको छ ।

कार्यक्रम अन्तर्गत राष्ट्रिय मान्यता प्राप्त HLTAID011 – Provide First Aid including CPR कोर्स सञ्चालन गरिनेछ । सामान्यतया प्रति व्यक्ति १५० डलरसम्म पर्ने उक्त तालिम केवल १० डलर शुल्कमा उपलब्ध गराइएको आयोजकले जनाएको छ । प्रशिक्षण Results First Aid का अनुभवी प्रशिक्षकद्वारा सञ्चालन हुनेछ, जसले ३,५०० भन्दा बढी ५-स्टार समीक्षा प्राप्त गरिसकेका छन् ।

NRNA NT ले कार्यक्रम सफल बनाउन निःशुल्क स्थल उपलब्ध गराएकोमा Kumi Bali, Keshini Bali, Praveen Hampole तथा Territory Care & Support Services (TCASS) टोलीप्रति विशेष आभार व्यक्त गरेको छ ।

आयोजकका अनुसार सबै सहभागीले कार्यक्रममा उपस्थित हुनुअघि अनिवार्य रूपमा online e-learning पूरा गर्नुपर्नेछ । theory test पूरा नगर्ने सहभागीले Certificate of Attainment प्राप्त गर्न नसक्ने जानकारी दिइएको छ । साथै CPR demonstration का लागि दुई मिनेटसम्म floor मा राखिएको manikin मा अभ्यास गर्नुपर्नेछ ।

कार्यक्रममा सहभागी हुन इच्छुकले $10 enrolment fee तिरेर व्यक्तिगत रूपमा enrolment गर्नुपर्नेछ । enrolment पछि Skills Network बाट “Booking Confirmation” शीर्षकको इमेल प्राप्त हुने र त्यसमार्फत online learning access दिइने आयोजकले जनाएको छ ।

NRNA NT का अनुसार यस तालिमले सहभागीलाई Australia-wide मान्यता प्राप्त प्रमाणपत्र, आपतकालीन प्रतिक्रिया सम्बन्धी अत्यावश्यक सीप तथा समुदायलाई थप सुरक्षित र सक्षम बनाउन सहयोग गर्नेछ ।

CLICK FOR MORE INFO AND REGISTER

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP