सोमबार , अषोज २६, २०८३

डार्विन — अष्ट्रेलियाको डार्विनमा नेपाली समुदायको बहुप्रतिक्षित सांगीतिक कार्यक्रम “साउन्ड अफ नेपाल” अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। ७०० भन्दा बढी दर्शकको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो। कार्यक्रममा सहभागीहरूले डार्विनमै “Mini Nepal” को झल्को महसुस गरेका थिए।

कार्यक्रममा चर्चित गायक Sabin Rai & The Pharaoh Band को प्रस्तुति विशेष आकर्षण बनेको थियो। निर्धारित समयभन्दा केही ढिलो सुरु भए पनि उनको ऊर्जा भरिएको लाइभ प्रस्तुतीले सम्पूर्ण माहोललाई पूर्ण रूपमा सांगीतमय बनाएको थियो र दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको थियो।

कार्यक्रमको अर्को आकर्षण Oasis Education द्वारा आयोजना गरिएको “Scan and Win” गितार रहेको थियो। Sabin Rai & The Pharaoh Band द्वारा हस्ताक्षर गरिएको गितारलाई लक्की ड्र मार्फत दुई भाग्यशाली दर्शकलाई प्रदान गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह र आकर्षण थपेको थियो।

यसका साथै Kids Fashion Show, बालबालिकाहरूको सांगीतिक प्रस्तुति, स्थानीय कलाकारहरूको दमदार प्रस्तुति तथा DJ हरूको प्रस्तुतीले कार्यक्रमलाई अझ विविध र मनोरञ्जनात्मक बनाएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी आयोजक Subash Nepal र Jay Bohara ले Purakhabar टिमलाई दिएका छन्। उनीहरूले सम्पूर्ण सहयोगी संस्था, प्रायोजक तथा उपस्थित दर्शकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विदेशमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

समग्रमा, “साउन्ड अफ नेपाल” डार्विनमा आयोजना भएका नेपाली कार्यक्रमहरूमध्ये एक स्मरणीय र ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP