बिहिबार , असार १८, २०८३

निजामती कर्मचारीको कार्यशैलीमा व्यापक फेरबदल गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने भएको छ।

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेको मन्त्रीस्तरीय निर्णयबाट यो व्यवस्था लागू गर्ने काम अघि बढेको हो।

वैशाख ४ गते अर्थ मन्त्रालयले निर्णय कार्यान्वयनको प्रक्रियाका लागि महालेखा नियन्त्रक कार्यालय (मलेनिका) लाई पत्राचार गरिसकेको छ।

चलानी ४७३७ रहेको पत्रअनुसार राष्ट्रसेवकको तलब अर्धमासिक गर्नका लागि आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

‘राष्ट्रसेवक कर्मचारीको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तानभएपछि मासिक रुपमा गर्दै आएकोमा अब यसलाई अर्धमासिक रुपमा भुक्तान गर्न सुरु गरिँदैछ’, अर्थ मन्त्रालयका सहसचिव डा.सुमन दाहालको हस्ताक्षर रहेको पत्रमा भनिएको छ।

अर्धमासिक रुपमा तलब वितरण गर्न आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले मलेनिकालाई भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP