शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अष्ट्रेलिया — उत्तरी क्षेत्र (नर्दर्न टेरिटोरी) मा बसोबास गर्ने नेपाली समुदायले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष ‘मिट एन्ड ग्रिट’ कार्यक्रम आयोजना गर्ने भएका छन्।

उक्त कार्यक्रम Nepalese Association of Northern Territory Inc (NANT) को आयोजनामा यही १८ अप्रिल २०२६ मा दिउँसो ३:०० बजेदेखि ५:०० बजेसम्म मारारा स्थित फिलिपिनो कम्युनिटी सेन्टरमा सञ्चालन हुनेछ।

NANT अध्यक्ष Prativa Devkota ले नयाँ वर्षको अवसरमा समुदायबीच एकता, सद्भाव र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार, “यो कार्यक्रमले सबैलाई एकै ठाउँमा भेला भई नयाँ वर्षको खुशीयाली साटासाट गर्ने र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने अवसर प्रदान गर्नेछ।”

कार्यक्रममा सहभागीहरूबीच भेटघाट, शुभकामना आदान–प्रदान तथा सामुदायिक सम्बन्ध विस्तार गर्ने अवसर रहनेछ।

यसैबीच, न्यान्टको कार्यकाल (२०२४–२०२६) समाप्त हुन लागेको सन्दर्भमा सोही दिन बेलुका ५:०० बजेदेखि २०२६–२०२८ कार्यकालका लागि निर्वाचन सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम पनि आयोजना गरिने भएको छ। सो परामर्श कार्यक्रममा सहभागी भई आफ्ना विचार राख्न सम्पूर्ण समुदायलाई आयोजकले आग्रह गरेको छ।

आयोजकका अनुसार, समुदायको सक्रिय सहभागिताले संगठनको भविष्य दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

उक्त कार्यक्रममार्फत उत्तरी क्षेत्रका नेपालीहरूबीच आपसी एकता र सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP