सोमबार , अषोज २६, २०८३

टोवुम्बामा आयोजित बहुप्रतीक्षित “दलान” कार्यक्रम भव्य सफलता साथ सम्पन्न भएको छ। विविध कला, संस्कृति र सृजनशीलताको संगम बनेको यस कार्यक्रममा स्रष्टा, सहभागी र दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र उत्साहपूर्ण बनाएको थियो।


कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण स्रष्टा, सहभागी तथा समर्थकहरूप्रति आयोजक टोलीले हार्दिक आभार व्यक्त गरेको छ। विशेषगरी प्रायोजक Horizon Home Loans & Finance Pty Ltd तथा सह-प्रायोजक Destiny Living को साथ र सहयोग प्रशंसनीय रहेको बताइएको छ।
त्यसैगरी, सह-आयोजक संस्थाहरू — NAT USQ Society, Nepalese Kids Event Toowoomba, Everest Cricket Club, Toowoomba Nepalese Football Club र Brotherhood XI Toowoomba को सक्रिय सहकार्यले कार्यक्रमलाई थप व्यवस्थित र सफल बनाउन ठूलो योगदान पुर्‍याएको थियो।


कार्यक्रमले नेपाली समुदायबीच एकता, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई थप मजबुत बनाएको आयोजकहरूको विश्वास छ। सहभागीहरूको उत्साह, साथ र मायाले “दलान” लाई अविस्मरणीय बनाएको उल्लेख गरिएको छ।
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा राख्दै आयोजकहरूले सबैप्रति पुनः धन्यवाद व्यक्त गरेका छन्। 🙏

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP