शुक्रबार , भाद्र १२, २०८३

आफ्नै साथीको छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई आज प्रहरीले अदालत उपस्थित गराउँदैछ । अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमा बलेमाथि बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले हिजो शनिबार विहान पक्राउ गरेको थियो ।

गएराती भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा रात विताएका बलेलाई प्रहरीले आज अनुसन्धान गर्नका लागि म्याद थिप गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको हो । प्रहरीले बलेमाथि अभद्र व्यवहारको कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ ।

बलेमाथी अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको गत बिहीबार फेसबुकमार्फत जानकारी गराएपछि पीडित परिवारको तर्फबाट प्रहरीकहाँ अभद्र व्यवहार सम्बन्धी कसुरमा उजुरी दायर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP