शुक्रबार , भाद्र १२, २०८३

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे २ बजे एक समारोहकाबीच पद तथा गोपनीयताका शपथ खुवाउने कार्यक्रम रहेको छ ।

त्यसअघि अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिदैछ । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।

रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । अर्याल पहिलो पटक वि.स. २०७९ माघमा प्रचण्ड नेतृत्वको सरकारमा २० दिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । उनी पहिलो पटक वि.स. २०७९ माघ ३ देखि माघ २२ सम्म श्रममन्त्री बनेका थिए भने वि.स. २०८० फागुन २३ देखि वि.स. २०८१ असार ३१ सम्म ४ महिना ८ दिनका लागि पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । उनले श्रममन्त्रीको रुपमा करिब ४ महिना २८ दिन मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

२०७९ को निर्वाचनमा खस जनताको वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भई विघटित प्रतिनिधि सभाका पूर्व सदस्य रहेका उनी हाल रास्वपाको उपसभापतिको रुपमा क्रियाशील रहेका थिए । वि.स. २०७९ माघमा सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सबै सार्वजनिक पदबाट हटाएपछि उनी छोटो समयका लागि कार्यवाहक अध्यक्षमा नियुक्त भएका थिए । त्यसपछि सहकारी मुद्दामा लामिछाने कारागारमा रहँदा पनि अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए । लामिछाने कारागार मुक्त भएपछि अर्याल उपसभापति पदमा कायम रहेका थिए ।

अर्याल दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनिसकेका छन् । धादिङमा निम्न परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेका छन् । पर्यटन उद्योग, रेमिटेन्स सेवा र समाजसेवामा सक्रिय हुँदै अर्याल समानुपातिक सूचीबाट संघीय सांसद बनेका थिए । जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उनी रास्वपाबाट काठमाडौं–९ निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP