शुक्रबार , भाद्र १२, २०८३

डार्विन, एनटी — NRNANT र NANT ले डार्विनमा रहेका एक नवविवाहित नेपाली दम्पतीबीच देखिएको विवादबारे संयुक्त वक्तव्य जारी गरेका छन्।
वक्तव्यअनुसार, उक्त विषय समाधानका लागि NANT को Social Welfare Committee मार्फत दुवै संस्थाले सक्रिय रूपमा पहल गर्दै आएका छन्। यस क्रममा दम्पतीसँग पटक–पटक छलफल तथा बैठकहरू गरिएको थियो। तर, सबै पक्षबाट इमानदार प्रयास हुँदाहुँदै पनि समस्या अझै समाधान हुन सकेको छैन।
मध्यस्थता प्रक्रियाका क्रममा दुवै पक्षबाट कुनै गम्भीर आरोप नआएको संस्थाहरूले स्पष्ट पारेका छन्। साथै, सामाजिक सञ्जालमा प्रसारित भइरहेको भिडियोप्रति चिन्ता व्यक्त गर्दै उक्त भिडियोले सम्पूर्ण सन्दर्भ नझल्काउने र धेरै छलफलपछि मात्र सार्वजनिक गरिएको उल्लेख गरिएको छ।
संस्थाहरूले वैवाहिक विवाद कानुनी विषय भएको उल्लेख गर्दै आफूहरूले मार्गदर्शन र मेलमिलापका लागि प्रोत्साहन मात्र गर्न सक्ने, तर कुनै निर्णय थोपर्न नसक्ने स्पष्ट पारेका छन्।
हालको अवस्थाअनुसार, सम्बन्धित महिला सुरक्षित रहेको र समुदायको सहयोगमा एक नेपाली परिवारसँग बसिरहेको जानकारी दिइएको छ। दुवै संस्थाले उनको सुरक्षाका साथै आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समुदायका सदस्यहरूलाई गलत सूचना नफैलाउन, गोपनीयताको सम्मान गर्न र जिम्मेवार ढंगले सञ्चार गर्न अनुरोध गरिएको छ।
NRNANT र NANT ले समुदायको साथ र बुझाइप्रति धन्यवाद व्यक्त गर्दै आवश्यक पर्दा सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

Pic: AI generated

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP