शुक्रबार , भाद्र १२, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउबारे भएका विरोधप्रतिको प्रतिक्रिया दिँदै न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन्।

आज बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरण गरेका थिए। उनले भने, “न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइनेछैन।”

साथै, लामिछानेले विपक्षी दलहरूलाई विधि र कानुनको पालना गर्न आग्रह गरेका छन्। उनले सत्तामा रहेका दलहरूले सत्ता छाड्नुपरेपछि गरिने ‘विदेशी चलखेल’को आरोप अब नरहने र पारदर्शी परराष्ट्र नीति सञ्चालन हुने बताएका छन्।

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शिता र सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी पनि दिएका छन्। लामिछानेको यस अभिव्यक्तिले न्याय, प्रशासनिक पारदर्शिता र लगानी वातावरणमा पार्टीको दृष्टिकोण स्पष्ट भएको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP