मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालापक्षले नवनिर्वाचित संघीय सांसदका लागि आज बधाई तथा शुभकामना कार्यक्रम राखेको छ ।

आज अपराह्न धुम्बाराहीको स्मार्ट होटलमा पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई बधाई दिने कार्यक्रम राखिएको हो । गत शनिबार कांग्रेसले पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित सांसदलाई संसदीय सचेतना कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो ।

पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा संसदीय सचेतनाबारे प्रशिक्षण दिएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP