शुक्रबार , भाद्र १२, २०८३

कामदारको तलब बढाउने प्रधानमन्त्रीको संकेत

अष्ट्रेलियाका प्रधानमन्त्री Anthony Albanese ले कामदारहरूको तलब वृद्धि गर्न सरकार तयार रहेको बताएका छन्। कामदारहरूको हकहितका लागि काम गर्दै आएको Australian Council of Trade Unions ले Fair Work Commission समक्ष ५ प्रतिशत तलब वृद्धि प्रस्ताव पेश गरेको दुई दिनपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

युनियनका पदाधिकारीहरूले देशभर बढ्दो महँगीका कारण कामदारहरूको वास्तविक आम्दानी घट्दै गएको उल्लेख गर्दै तलब वृद्धि आवश्यक रहेको बताएका थिए। यसै सन्दर्भमा प्रधानमन्त्री अल्बनीजीले बिहीबार भने,
“कामदारहरूको वास्तविक तलब बढाउन हामी सहयोग गर्नेछौं।”

अष्ट्रेलियामा तलब वृद्धि सम्बन्धी अन्तिम निर्णयका लागि फेयरवर्क कमिशनले सरकारलाई सिफारिस गर्नुपर्ने हुन्छ। प्रस्ताव अनुसार तलब वृद्धि भएमा पूर्णकालीन कामदारले प्रतिघण्टा न्यूनतम २६ डलर पाउनेछन् भने वार्षिक आम्दानी करिब ५१ हजार डलरसम्म पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP