शुक्रबार , भाद्र १२, २०८३

मेलबर्न । अस्ट्रेलियाको National Disability Insurance Scheme (NDIS) अन्तर्गत ठगी गरेको अभियोगमा भिक्टोरियामा दुई जना दोषी ठहर भई जेल चलान भएका छन्।

६० वर्षीया मुम्थाज बेगम कान्ताराले सन् २०१९ देखि २०२२ बीच ६ जना सेवाग्राहीलाई लक्षित गर्दै करिब २ लाख ९६ हजार डलर ठगी गरेकी थिइन्। अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाउँदै रकम फिर्ता गर्न आदेश दिएको छ। उनलाई NDIS प्रणालीबाट आजीवन प्रतिबन्ध लगाइएको छ।

यसैगरी, अपाङ्गता रोजगारी सेवा क्षेत्रमा कार्यरत किम माइकल शुबर्टले ९० जना सेवाग्राहीको विवरण गैरकानुनी रूपमा उपलब्ध गराई झुटा दाबीमार्फत रकम हिनामिना गर्न सहयोग गरेका थिए। उनलाई ३ वर्ष ९ महिना कैद सजाय र ४० हजार डलर फिर्ता गर्न आदेश दिइएको छ।

यो ठगी प्रकरण सन् २०२३ मा National Disability Insurance Agency (NDIA) र Australian Federal Police (AFP) को संयुक्त अनुसन्धानपछि बाहिर आएको हो।
@Source NEPALeyes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP