मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न ऐतिहासिक निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न भएको भन्दै बधाई ज्ञापन गरे। उनले समयमै निर्वाचन सम्पन्न भई देशले लोकतान्त्रिक निकास पाएको उल्लेख गर्दै यसलाई ठूलो उपलब्धि भने।

लामिछानेले प्रधानमन्त्रीको दृढता र नेतृत्वकै कारण मुलुकले सहज निकास पाएको उल्लेख गर्दै विगतका निर्वाचनभन्दा बढी शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्पन्न भएको बताए। सानो टोली र छोटो समयमै विश्वलाई चकित पार्ने गरी निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि बधाई दिँदै युवापुस्ताप्रति देशवासीको ठूलो अपेक्षा रहेको बताइन्। उनले देशको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गरेर परिणाम दिन सुझाव दिइन्। साथै, आलोचना र विरोधलाई कामबाटै जवाफ दिनुपर्नेमा जोड दिइन्।

भेटका क्रममा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो। सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो र पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै सरकारका कदमलाई समर्थन गर्ने बताएका छन्।

उनले नयाँ सरकार गठन नहुँदासम्म पूर्ण क्षमताका साथ काम गर्न सुझाव दिएका छन्। साथै, पोर्चुगलमा रहेका नेपाली विद्यार्थीका समस्या, मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाली श्रमिकको सुरक्षा तथा पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा पनि चासो व्यक्त गर्दै आवश्यक कदम चाल्न आग्रह गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP