सोमबार , अषोज २६, २०८३

नेपालको कडा आपत्तिका बाबजुद भारतले लिपुलेक पास हुँदै भारत–चीन व्यापार मार्ग पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। भारतको पिथौरागढ जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट आशिष भटगानीका अनुसार उक्त मार्ग आगामी जुन १ देखि पुनः खुला गरिनेछ। पाँच वर्षदेखि बन्द रहेको यो मार्ग पुनः सञ्चालन हुँदा व्यापारिक गतिविधि बढ्ने र पहिले बन्द हुँदा व्यापारीहरूले भोगेको ठूलो क्षति कम हुने अपेक्षा गरिएको छ।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुरा क्षेत्रबाट करिब ५६ किलोमिटरभित्र पर्ने संवेदनशील भूभागमा अवस्थित छ। यही कारणले यस क्षेत्रको स्वामित्वलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको विदेश मन्त्रालयले यस मार्गबाट व्यापार पुनः सञ्चालन गर्न अनुमति दिइसकेको छ। ‘नो अब्जेक्सन लेटर’ जारी भएसँगै प्रक्रिया अघि बढाइएको र विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्यसचिवलाई पत्र लेखेर व्यापार पुनःस्थापना गर्न निर्देशन दिएको बताइएको छ।

यसअघि पनि भारत र चीनले नेपाललाई समावेश नगरी यही मार्ग प्रयोगसम्बन्धी सम्झौता गर्दा नेपालले आपत्ति जनाउँदै आएको थियो। अहिले पुनः सोही मार्ग खुलाउने निर्णयले तीन देशबीचको कूटनीतिक संवेदनशीलता फेरि चर्किने सम्भावना देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP