शुक्रबार , भाद्र १२, २०८३

अष्ट्रेलियाको डार्विनमा नेपाली राहदानी नवीकरण सेवा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। मार्च २० देखि २३ तारिखसम्म सञ्चालन हुने यस सेवा कार्यक्रम प्रवासमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आयोजना गरिएको हो।

यो कार्यक्रम NRNANT  र Nepalese Association of Northern Territory Inc को समन्वयमा आयोजना गरिएको हो। मालाकस्थित एमसिएनटी हलमा सञ्चालन भइरहेको उक्त सेवामार्फत नेपाली समुदायलाई छिटो, सहज र व्यवस्थित रूपमा राहदानी नवीकरण सुविधा प्रदान गरिँदैछ।

कार्यक्रममा Embassy of Nepal, Australia को प्रत्यक्ष सहकार्य रहेको छ भने Multicultural Council of the Northern Territory ले समेत आवश्यक सहयोग पुर्‍याएको छ। आयोजकका अनुसार सेवा लिन आउने सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता देखिएको छ र सेवा प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढिरहेको छ।

आयोजकहरूले सेवाग्राहीहरूलाई आवश्यक कागजातसहित तोकिएको समयमा उपस्थित भई सेवा लिन आग्रह गरेका छन्। साथै, आवेदन फाराम समयमै भरी प्रक्रिया छिटो र सहज बनाउन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP