मंगलबार , अषोज २७, २०८३

सिड्नी। फेडेर्सन अफ नेप्लिज कम्यूनिटि एसोसियन अफ अष्ट्रेलिया (फेन्का )ले न्यू साउथ वेल्स (एनएसडब्ल्यू) मा आफ्नो गतिविधिलाई थप प्रभावकारी र संगठित बनाउने उद्देश्यसहित ‘सिड्नी एक्सन टिम’ गठन गरेको छ।

बिहीबार आयोजित अन्तरक्रियात्मक छलफल तथा बैठकबाट पाँच सदस्यीय उक्त टिम गठन गरिएको हो। टिमको डेपुटी कोर्डिनेटरमा चिरन तिवारी चयन भएका छन् भने सदस्यहरूमा सुमन न्यौपाने, आनन्द श्रेष्ठ, अन्जु शर्मा घिमिरे र अनिल ज्ञवाली रहेका छन्।

फेन्का एनएसडब्ल्यूका कोर्डिनेटर मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले नवगठित टिमले राज्यभर छरिएका नेपाली सामुदायिक संस्थाहरूलाई एउटै मञ्चमा जोड्दै सहकार्य, समन्वय र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रकाश पौडेल तथा ग्रेटर सिड्नीका अध्यक्ष एवं एनएसडब्ल्यूका निवर्तमान कोर्डिनेटर विम्बु हमालले मानव संसाधन विकास, क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणमा टिमले प्रभावकारी भूमिका खेल्ने धारणा राखे।

कार्यक्रममा आयोजित खुला छलफलमा डा. राजु मानन्धर, सुमन न्यौपाने, बसन्तराज ओझा, जीवन मैनाली, चिरन तिवारी, अन्जु शर्मा घिमिरे, दीपकर अधिकारीलगायत सामुदायिक अगुवाहरूले भावी योजनाहरू, प्राथमिकता र कार्यदिशाबारे महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।

सन् २०१८ अगस्टमा अष्ट्रेलियामा स्थापना भएको फेन्का नेपाली संघ–संस्थाहरूको साझा छाता संगठनका रूपमा क्रियाशील रहँदै आएको छ। यसले मानव संसाधन परिचालन, सहभागितामूलक सिकाइ, क्षमता अभिवृद्धि, नीतिगत पैरवी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शिक्षा सचेतना, नेतृत्व विकास, सशक्तिकरण, सुशासन र संस्थागत विकासका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाल अष्ट्रेलियाभर १२१ सामाजिक संघ–संस्था फेन्कामा आबद्ध रहेका छन् भने न्यू साउथ वेल्समा मात्र ४७ संस्था सक्रिय रूपमा संलग्न भई समुदायमा कार्यरत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP