मंगलबार , असार २३, २०८३

अस्ट्रेलियामा पेट्रोलियम पदार्थको अभाव बढ्दै गएपछि प्रधानमन्त्री Anthony Albanese ले आकस्मिक राष्ट्रिय मन्त्रीपरिषद् बैठक आव्हान गरेका छन्।

यस बैठकमा ६ वटा राज्यका प्रिमियर तथा दुई टेरिटोरीका मुख्यमन्त्रीहरू सहभागी हुँदैछन्। बैठकमा देशभर देखिएको पेट्रोलियम संकट समाधानका उपायहरूबारे छलफल हुने बताइएको छ।

सरकारले आपूर्ति सहज बनाउन विभिन्न विकल्पहरू—भण्डारण व्यवस्थापन, आपूर्ति श्रृंखला सुदृढीकरण तथा आवश्यक परे आपतकालीन भण्डार प्रयोग गर्ने—बारे विचार गरिरहेको छ।

यसैबीच, बुधबार साँझ प्रधानमन्त्री अल्बनीजीले भिडियो सन्देशमार्फत आम नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक पेट्रोलियम पदार्थ सञ्चय नगर्न आग्रह गरेका छन्। अनावश्यक रूपमा भण्डारण गर्दा संकट झन् गहिरिन सक्ने चेतावनी उनले दिएका छन्।

सरकारले नागरिकलाई संयमित प्रयोग गर्न र आवश्यक मात्रामा मात्र इन्धन खरिद गर्न अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP