मंगलबार , अषोज २७, २०८३

प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछानेको अभिव्यक्तिलाई लिएर सकारात्मक भनेका छन् । रविले आज रास्वपाका नवनिर्वाचित सांसदहरुलाई दिएको अभिमुखीकरणमा व्यक्त विचार सकारात्मक भनेर बाबुरामले प्रशंसा गरेका छन् । उनले रास्वपाले पाएको यो अभिमत कुनै एक पार्टी वा व्यक्तिलाई प्राप्त मतभन्दा समग्र नेपाली राजनीतिक पुनर्संरचना र पुस्तान्तरणको सन्देश भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्-
हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्।
पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसंग झल्केको छ। त्यो कायम रहोस्।
दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ।
हार्दिक शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP