मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सरकार गठनको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनमा पार्टीले दुई तिहाईनजिकको बहुमत ल्याएपछि यतिवेला रास्वपाको नेतृत्व पँक्ति सरकार निर्माणको लागि गृहकार्यमा जुटेको हो ।

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा शक्तिशाली सरकार बन्न लागेकोले गृह, अर्थ, रक्षा र परराष्ट्रजस्ता संवेदनशील मन्त्रालयको नेतृत्वमा परिपक्व र योग्य व्यक्तिलाई पठाउने रास्वपाको तयारी छ । सभापति लामिछानेले यसअघि नै अर्थमन्त्रीको रूपमा उपसभापति डा. स्वर्णिम वाग्लेलाई अघि सारिसकेका छन् ।

कतिसम्म भने वाग्लेलाई सभापति लामिछानेले ‘डा. साहेब, अबको बजेट लेख्न थाल्नुहोस’ भनेर सार्वजनकि रूपमा भनेका थिए । बालेन सरकारमा अर्थमन्त्रीको रूपमा वाग्लेलाई नै अघि सारिएको छ । यद्धपी बालेनले के गर्छन् ? त्यो भने हेर्न बाँकी छ । अर्थ मन्त्रालयभन्दा पनि महत्वपूर्ण मानिएको गृह मन्त्रालयको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा पनि रास्वपाभित्र बहस सुरु भएको बताईन्छ ।

सभापति लामिछानेले पार्टी हाँक्ने भएको हुँदा यसपटक दुवै जना उपसभापतिलाई सरकारमा पठाउने तयारी गरेका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका डिपी अर्याललाई गृह मन्त्रालयको नेतृत्व सुम्पिने लामिछानेको चाहना छ । तर, अहिले नै मन्त्रिमण्डल गठनको विषयमा कसलाई मन्त्री बनाउने भनेर व्यक्तिविशेषको तहमा लामिछाने र शाहबीच छलफल नभएको बताईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP