मंगलबार , बैसाख २९, २०८३

Balen Shah नेतृत्वमा रहेको Rastriya Swatantra Party (रास्वपा) प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गर्दै प्रत्यक्ष र समानुपातिक प्रणालीबाट कुल १८२ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ। यससँगै बालेन शाह प्रधानमन्त्री बन्ने संवैधानिक प्रक्रिया सुरु हुने भएको छ।

निर्वाचनअघि नै रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। निर्वाचन परिणाम सार्वजनिक भएपछि पार्टीका निर्वाचित सांसदहरूको बैठक बसेर उनलाई संसदीय दलको नेता चयन गरिनेछ। त्यसपछि Ram Chandra Paudel ले संविधानअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्।

नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सिट आवश्यक हुन्छ, तर रास्वपाले एक्लैले १८२ सिट जितेकाले सरकार गठन गर्न अन्य दलको समर्थन आवश्यक नपर्ने देखिएको छ।

संविधानविद् Bipin Adhikari का अनुसार बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री बनेपछि विश्वासको मत लिनु अनिवार्य हुँदैन। उनका अनुसार राष्ट्रपतिले निर्वाचन परिणाम प्राप्त गरेपछि बहुमत प्राप्त दलसँग संसदीय दलको नेताको नाम माग्ने र त्यसपछि प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्छ।

तर यदि भविष्यमा रास्वपा विभाजन भयो वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लियो भने प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था संविधानमा छ।

त्यस्तै संविधानअनुसार प्रधानमन्त्रीविरुद्ध कम्तीमा एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव ल्याउन सक्ने भए पनि प्रधानमन्त्री निर्वाचित भएको पहिलो दुई वर्षसम्म यस्तो प्रस्ताव ल्याउन पाइँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP