मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियाको Darwin River Dam मा आएको ठूलो बाढीका कारण सोमबार साँझ ४:३० बजेदेखि पानी आपूर्ति प्रणाली बन्द भएको छ। पम्प स्टेशन र सम्बन्धित उपकरणहरू बाढीले डुबाएपछि ड्याम सञ्चालन रोकिएको हो।
Power and Water Corporation का अनुसार यस वर्षको भारी वर्षाका कारण नयाँ वर्षदेखि नै ड्यामको स्पिलवेबाट पानी बगिरहेको थियो। सोमबार परेको अचानक भारी वर्षा र फ्ल्यास फ्लडले ड्यामको पानी ११० प्रतिशतभन्दा बढी क्षमतामा पुगेपछि पम्प स्टेशनमा बाढी पसेको हो।
अधिकारीहरूले ड्यामको मुख्य बाँध (ड्याम वाल) भने सुरक्षित रहेको र यस घटनाले त्यसमा कुनै क्षति नपुर्‍याएको बताएका छन्। तर यति धेरै पानी भएको अवस्था पहिले कहिल्यै नदेखिएको भन्दै यसलाई अभूतपूर्व परिस्थिति भनिएको छ।
ड्याम मर्मत तथा पम्प स्टेशन पुनः सञ्चालनमा ल्याउन विशेषज्ञहरूको टोली काम गरिरहेको छ। आवश्यक परे जेनरेटर प्रयोग गरेर सञ्चालन गर्ने विकल्प पनि अध्ययन भइरहेको बताइएको छ।
यसबीच डार्विनका बासिन्दालाई पानीको प्रयोग कम गर्न आग्रह गरिएको छ। छोटो समय मात्र नुहाउने, प्रयोग नभएको बेला धारो बन्द गर्ने तथा सिँचाइ प्रणाली बन्द गर्ने जस्ता उपाय अपनाउन अनुरोध गरिएको छ।
अस्थायी रूपमा पानीको माग पूरा गर्न McMinns Borefield र Howard East Borefield बाट पानी आपूर्ति बढाइनेछ, तर यी स्रोतहरूले ड्यामबाट आउने सबै पानीको कमी पूरा गर्न नसक्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP