सोमबार , अषोज २६, २०८३

वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा कम्तीमा १३३ जना मारिएको बताएको छ।

हमलामा २०० जना घाइते पनि भएको एजेन्सीले उल्लेख गरेको छ।

यो जानकारी प्रारम्भिक रिपोर्टमा आधारित रहेको उल्लेख गर्दै एक्टिभिस्ट्स न्युज एजेन्सीले इरानका १८ प्रान्तमा कम्तीमा ५८ वटा आक्रमण भएको जानकारी दिएको छ। जसमध्ये सबैभन्दा धेरै हमला राजधानी तेहरानमा भएको छ।

केही घण्टादेखि तेहरानमा निरन्तर विस्फोटका आवाज सुनिएको बताइएको छ।

यसैबिच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी अड्डा र इजरायलविरुद्ध ‘इतिहासकै खतरानक आक्रमण’ गर्ने चेतावनी दिएको छ।

आक्रमणमा आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी तथा उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको इरानका सञ्चारमाध्यम तस्निम र फार्सले पुष्टि गरेका छन्।

सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।

इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले खामेनीको मृत्युमा शोक व्यक्त गरेको छ।

इरानी समाचार एजेन्सी फार्सका अनुसार, आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP