बुधबार , असार १७, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्भव नरहेको बताएका छन् । प्राइम टाइम्सको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै ओलीले हिमाली भेगका मानिसहरु यतिबेला तल–तल झर्ने र विदेश जाने भएकाले त्यहाँ निर्वाचन हुन सम्भव नरहेको बताएका हुन् । हिमाली भेगमा भोट हाल्न मतदाता नै नआउने उनले बताए । बुथमा बाकसमात्रै हेलिकोप्टरबाट खसालेर निर्वाचन नहुने उनको भनाइ छ ।

‘फागुन २१ मा निर्वाचन हुँदैन भन्ने हल्ला पनि छ नि,’ भन्ने जिज्ञासामा ओलीले भने, ‘हुँदैन । किन हुँदैन भने उच्च पहाडी भेग, हिमाली भेगमा त्यहाँका जनता त्यहाँ बसोबास गरिराखेका छैनन् अहिले । ती तल झरेका छन् । हिमाली भेगका मान्छेहरु कि तल झर्छन् कि विदेश जान्छन् । त्यहाँ बुथमा बाकसमात्रै खसालेर हुन्छ ? मतदाता आउनु परेन ? यस्तो पनि चुनाव हुन्छ ? यो हुन सम्भव छैन,’– उनले भने ।

अध्यक्ष ओलीले संसद् पुनर्स्थापना हुनुपर्ने बताए । देशको विरुद्धमा भयानक षड्यन्त्र भइरहेको बताउँदै उनले अहिले देशलाई अराजकतातिर लाने र जनता भड्काउने काम भइरहेको बताए । ‘संसद् पुनर्स्थापना हुनुपर्छ । देशका विरुद्ध भयानक षड्यन्त्र भइराखेको छ । आम मतदाता सचेत हुनुपर्छ । देशमा आगो लगाएर त्यो षड्यन्त्रको सुरुवात भयो । तोडफोडबाट सुरुवात भयो । अहिले पनि अराजकतातर्फ लाने प्रयास भएको छ । सुन्दैछु– सेना लगाएर चुनाव गर्ने रे । भनेको के हो ? मैले बुझिराखेको छैन । जनतामा आतङ्क फैलाउन खोजेको हो कि ?’प्रश्न गर्दै उनले भने ।
RepotersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP