बुधबार , असार १७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले आगामी फागुन १ गतेबाट संयुक्त रुपमा देशब्यापी चुनावी अभियान थाल्ने भएका छन् । रवि–बालेनले सातै प्रदेशका मुख्य सहर र चुनावी क्षेत्रहरूमा सम्बोधन गर्नेगरी कार्यतालिका निर्माण भएको बताइएको छ ।

समयले भ्याएसम्म रवि–बालेन धेरैभन्दा धेरै मतदाताको घरदैलोमा पुग्ने बताइएको छ । बालेन हाल निर्वाचनको प्रचारप्रसारमा पूर्वी नेपालमा छन् । उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् ।

त्यस्तै, रास्वपा सभापति रवि भने हाल घरमै आराम गरेर बसेका छन् । उनको खुट्टामा चोट लागेका कारण डाक्टरको सल्लाहअनुसार उनी आराम गरेर निवासमै बसेका हुन् । भोलि (बुधबार) भने लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा जाने बताइएको छ ।

चितवन २ मा गएर पनि लामिछाने केही समय घरदैलो अभियान नगर्ने र आफ्नै निवासमा भेटघाट र चुनावी रणनीति बनाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP