बुधबार , असार १७, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफूले असाधारण मार्जिनले चुनाव जित्ने दाबी गरेका छन् । एमाले झापा–काठमाडौं सम्पर्क मञ्चको निर्वाचन विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनाव जित्नेमा कुनै शंका नरहेको र पहिलाको भन्दा फराकिलो मतान्तरल जित्ने बताएका हुन् ।

ओलीले यसपटक आफ्नो विरुद्धमा उठेका सबै उम्मेदवारहरु नयाँ रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलक्षित गर्दै घण्टीवालालाई मन्दिरतिर पठाइदिने टिप्पणी गरे । उनले भने, ‘यसपटक मेराविरुद्ध उठेका सबै उम्मेदवार नयाँ छन् । म मात्रै हो पुरानो । घण्टीको काम मन्दिरमा हुन्छ । गाउँमा हैन, घर–घरमा घण्टी राखेर पनि हुन्छ ? घण्टीको काम मन्दिरमा हुन्छ, घण्टीवालाहरुलाई मन्दिर पठाइदिने, हामी गाउँमा काम गर्नुपर्यो ।’

साथै, उनले सरकारले निर्वाचनमा पेलपाल र धाँधली गर्न खोजेको खण्डमा देशमा ठूलो अनिष्ठ हुने चेनावनी दिए । उनले पढेलेखेका मान्छेहरुले नै आफ्नो विरुद्ध दुष्प्रचार गरेको भन्दै आपत्ति जनाए । आफ्नो हात रगतले लत्पत्तिएको, लामा–लामा दाँत भएको र रक्तपाक्ष मुख भएको तस्वीर बनाएको भन्दै दुःख व्यक्त गरे । ओलीले आफू बालबालिका भनेपछि हुरुक्कै हुने र जन्मदिने बाबुआमाले भन्दा पनि बढी माया गर्ने बताए ।

‘केपी ओलीका हात रातै, रातै रगतले लत्पत्तिएको देखाएको छ । कहिले पलाएछन् कुन्नि ? यति लामा–लामा दाँत देखाएको छ । रगतपक्ष मुख देखाएको छ । यो कुनै अनपढ मान्छेले गर्न सक्ने कुरा होइन । देशका विरुद्धको अपराध हो यो । केपी ओली जसले युवाका लागि अनेक कार्यक्रम ल्यायो, स्टाटप ल्यायो । आइटीको विकासमा जोड दियो, उसलाई युवा विरोधी भनेको छ । जुन केपी ओली बालबालिका भनेपछि हुरुक्क हुन्छ, त्यति माया गर्छ, त्यही केपी ओलीले बच्चा मार्यो भनेर चित्रण गर्न खोजिएको छ,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP