डार्विन, अष्ट्रेलिया — नेपालिज एसोसिएसन अफ नर्दन टेरिटोरी इन्क (NANT) ले आगामी शनिबार, २८ फेब्रुअरी २०२६ मा डार्विन वाटरफ्रन्टमा बहुसांस्कृतिक होली महोत्सव आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ।
यस रंगीन तथा सांस्कृतिक महोत्सवलाई सफल बनाउन NANT ले उत्साही र समुदायप्रति समर्पित स्वयंसेवकहरू का लागि Expression of Interest (EOI) आह्वान गरेको छ।
स्वयंसेवकहरूले कार्यक्रम व्यवस्थापन, स्टल सञ्चालन, रंग क्षेत्र, मञ्च सहयोग, समन्वय तथा सामान्य सहयोगजस्ता विभिन्न भूमिकामा काम गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुनेहरूलाई स्वयंसेवक सम्मान कार्यक्रममा प्रमाणपत्र प्रदान गरिने, साथै कार्यक्रम व्यवस्थापनसम्बन्धी अनुभव, नेतृत्व र टोली कार्यको सीप विकास, तथा समुदायिक र व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर प्राप्त हुनेछ।
नेपालिज एसोसिएसन अफ नर्दन टेरिटोरी (NANT) उत्तरी क्षेत्रका नेपाली समुदायलाई जोड्ने, सहयोग गर्ने र बहुसांस्कृतिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले क्रियाशील एक गैर–नाफामूलक संस्था हो।
स्वयंसेवक बन्न इच्छुकहरूले तल दिइएको लिंकमार्फत EOI फारम भर्न सक्नेछन्:
🔗 https://holi.nant.org.au/b�
उक्त कार्यक्रम Non-Resident Nepali Association of Northern Territory, Darwin Hearts FC, Nepalese Cricket Association of Northern Territory, Magar Samaj Darwin तथा PuraKhabar को सहकार्यमा आयोजना हुँदैछ।
रंग, संस्कृति र एकताको उत्सव होली लाई भव्य बनाउन सबैको सहभागिताको अपेक्षा गरिएको छ।








