शुक्रबार , भाद्र १२, २०८३

डार्विन, २ फेब्रुअरी २०२६ — नर्दन टेरिटोरी सरकारले आवास, रोजगारी र आर्थिक वृद्धिलाई थप मजबुत बनाउने उद्देश्यले होमग्रोन बिल्ड ग्रान्ट कार्यक्रमलाई सेप्टेम्बर २०२७ सम्म विस्तार गरेको छ।

मुख्यमन्त्री (Lia Finocchiaro) लिया फिनोचियारो नेतृत्वको CLP सरकारले Year of Growth, Certainty and Security अभियानअन्तर्गत यो घोषणा गरेको हो, जसले परिवार, निर्माण व्यवसायी, मजदुर र लगानीकर्तालाई दीर्घकालीन निश्चितता प्रदान गर्नेछ।

हालसम्म ३०,००० र ५०,००० डलरका ४०० भन्दा बढी होमग्रोन ग्रान्ट स्वीकृत भइसकेका छन्, जसबाट निर्माण क्षेत्रमा प्रत्यक्ष रूपमा १ करोड २० लाख डलरभन्दा बढी लगानी भएको छ। यसले करिब १८ करोड डलर बराबरको स्थानीय निर्माण गतिविधि सिर्जना गर्दै रोजगारी र आपूर्ति सञ्जाललाई बलियो बनाएको छ।

मुख्यमन्त्री फिनोचियारोले ग्रान्ट विस्तारले २०२६ र २०२७ सम्म निर्माण क्षेत्रलाई योजना बनाउन र दक्ष जनशक्ति जोगाइराख्न मद्दत गर्ने बताइन्।

“निर्माण क्षेत्रमा निश्चितता अत्यन्त आवश्यक छ। होमग्रोन विस्तारले निर्माण व्यवसायी र परिवारलाई नयाँ परियोजनामा ढुक्क भएर लगानी गर्न प्रेरित गर्छ,” उनले भनिन्।

उनका अनुसार, यस योजनाले आवास निर्माणमा आएको गिरावट उल्ट्याउँदै नर्दन टेरिटोरीलाई वार्षिक १.२ प्रतिशत जनसंख्या वृद्धिसहित राष्ट्रिय स्तरमै अग्रस्थानमा पुर्‍याएको छ, साथै १०.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ।

यो योजना पहिलो पटक घर किन्नेहरू, घर सानो बनाउने वृद्धवृद्धा तथा अन्तरराज्यबाट सरेर आउने परिवारहरूका लागि लाभदायी रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP