बुधबार , असार १७, २०८३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेकपामै फर्किन आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठूलो तुवाँलोभित्र हराएको र इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको टिप्पणी गरे । ‘हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो,’ प्रचण्डले भने ।

समाजवादी मोर्चालाई नै नेपाली कम्युनिष्ट पार्टीको रुपमा अगाडि बढाउन चाहेको आफु र माधव नेपाले विप्लवलाई निकै ठुलो महत्व दिएको भएपनि एकताबाट विप्लव विना कारण पछाडि हटेको उनको भनाई थियो ।

एकतामा समावेस नभएपनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै प्रचण्डले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गरे । ‘यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन,’ उहाँको भनाइ थियो।

प्रचण्डले पुरानो सहयात्रीको नाताले आफुले विप्लवलाई माया र भरोसा गरेको बताउँदै आत्मसमीक्षा गरी नेकपामै फर्किन आग्रह गरे । उनले अझै पनि नेकपामा समावेश भई अघि बढ्ने अवसर बाँकी रहेको बताए । ‘यो आत्मसमिक्षा गर्ने बेला हो। तपाईंहरूको अवसर अझै गुमिसकेको छैन,’ उनले भने ।

सो क्रममा प्रचण्डले निर्वाचन नजिकिँदै गर्दा पनि देशको असहज परिस्थिति पूर्णरुपमा समाधान नभैसकेको उल्लेख गरे । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने खतरा औँल्याए । ‘चुनाव अगाडि छ, तर यो चुनावले के दिन्छ भन्नेबारे अझै कन्फ्युजन छ। यदि हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने देश फेरि अर्को दुर्घटनातिर जान सक्छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP