बुधबार , असार १७, २०८३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएका गजुरेलसहित ७ नेतालाई नेकपाले शनिबार अनुशासनको कारबाही भन्दै पार्टीबाट निकालेको छ।

यस विषयमा सोमबार नेता खनालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी तत्काल कारबाही फिर्ता लिन आग्रह गर्दै अन्यथा एकीकरण प्रक्रिया पूरा नहुँदै नेकपा भत्किने खतरा रहेको चेतावनी दिएका हुन्।

‘यदि यो नेपाली कम्युनिस्ट पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो, यसबारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन, सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु। अन्यथा एकीकरण भइनसक्दै विशृंखलतातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ’, खनालले लेखेका छन्।

यस्तै उनले स्पष्टीकरणको मौकासमेत नदिई गजुरेललाई कारबाही गरिएको र यस विषयमा संस्थागत रूपमा जानकारीसम्म नगराईएको भन्दै असन्तुष्टि पनि जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP