मंगलबार , अषोज २७, २०८३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट चुनाव जित्नेमा कुनै शंका नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै नेता बिडारीले चुनाव जितेर आएपछि प्रचण्डले नै मुलुकको नेतृत्व गर्ने सम्भावना रहेको बताए । उनले प्रधानमन्त्री बन्नका लागि अहिले चुनावमा उठेकामध्ये प्रचण्ड नै सबै हिसाबले योग्य र सक्षम रहेको बताए ।

‘प्रचण्डले जित्नुहुन्छ । उहाँले जितेर आएपछि मुलुकको राजनीतिक नेतृत्व गर्न पनि सम्भावना छ । प्रचण्डबाहेक अर्को कोही मान्छे पनि अहिले उठेकामध्ये कोही पनि देखिँदैनन्,’ उनले भने, ‘अनुभव, राजनीतिक पोख्तताको कारणले उहाँले मुलुक हाँक्न सक्नुहुन्छ ।’

साथै, उनले यसपटक सबै दलहरु एक्लाएक्लै निर्वाचनमा जानु सबैभन्दा राम्रो पक्ष रहेको बताए । उनले यस्तो अवस्थामा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने र निर्वाचनपछि पनि मिलिजुली सरकारको विकल्प नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP