मंगलबार , अषोज २७, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा एमालेबाहेक अरु कसैले पनि चुनाव नजित्ने बताएका छन् । आज (बुधबार) झापामा आयोजित एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेसँग कार्यकर्ता, सुदृढ संगठन, समर्थक र सुभेच्छुक रहेको कारण चुनाव जित्नेमा कुनै शंका नरहेको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलक्षित गर्दै केही पनि नभएका मान्छेहरुले हल्ला चलाएर एमालेले चुनाव नहार्ने बताए । उनले बालेनको चुनावी अभियानलाई सामाजिक सञ्जालको तामासाको संज्ञा दिए । बालेनलगायत झापा ५ बाट उम्मेदवारी दिएकाहरुले चुनाव हार्ने ओलीको दाबी छ ।

‘हामीबाहेक अरु कसैले जित्दैन । हामीसँग सुदृढ संगठन छ । हाम्रा कार्यकर्ता छन्, संगठन छ, समर्थक सुभेच्छुकहरु छन् । केही पनि नभएका मान्छेले यहाँ हल्ला चलाइरहेका छन् । यो सामाजिक सञ्जालको तमासा मात्रै हो,’– उनले भने ।

साथै, उनले रास्वपा वरिष्ठ नेता शाहसँग भिजन, नीति, कार्यक्रम, गन्तव्य केही पनि नरहेको र उनी केवल टे«ड मिलमा डौडिरहेको ओलीले टिप्पणी गरे । ट्रेड मिलमा डौडिएर गन्तव्यमा पुग्न नसकिने उनको भनाइ छ । ‘भिजन, नीति, कार्यक्रम, गन्तव्य छैन । हिँड्नेमात्रै कहाँ जाने हो ? ट्रेड मिलमा डौडिएर कहीँ पनि पुगिँदैन । सामाजिक सञ्जाल प्रेरित ट्रेड मिलको यात्रा हो । आक्रोश, आवेशको होइन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP