मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार चयनलाई समावेशी र सन्तुलन गर्ने प्रयास भइरहेको बताएका छन् । सोमबार बिहान सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी सभापति थापाले उम्मेदवार चयनमा न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’

सभापति थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताए । उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा उनले केन्द्रबाट टिकट बाँड्ने परिपाटी नै गलत भएको तर अहिलेको विशिष्ट परिस्थितिले बाध्यता सिर्जना गरेको स्वीकार गरेका छन् ।

उनले आफू तल्लो तहबाटै उम्मेदवार छानिनुपर्ने पक्षमा रहेपनि पार्टीको पुरानो विधानअनुसार १६५ वटै क्षेत्रबाट सिफारिस आइसकेकाले केन्द्रबाट निर्णय गर्नुपरेको बताए। उनले पार्टीभित्रको आन्तरिक विवाद र कानुनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको उनले बताए ।

उनले भने, ‘जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको र केही नेताहरूले चित्त नबुझेर कानुनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको छ । सबैलाई मिलाएर लैजाने प्रयासमा छौँ । टिकट वितरणमा चित्त नबुझे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP