सोमबार , अषोज २६, २०८३

सबिन बराल/Darwin, Australia

आमाको काख छुट्यो, बाबा पनि टाढा,
जीवनले एकाएक देखायो कठोर बाटो सारा।
मायाँ गरेँ मनदेखि, आत्मासम्म दिएँ,
तर उसले छोडी गइन्, सबै सपना लुटिए।

म अझै बाँचेको छु, भाँचिएको मन लिएर,
हाँसो ओठमा छ, भित्र आँसु थामेर।
छोरा–छोरी टाढा, मुटु रित्तिएको छ,
बाँच्न गाह्रो छ, तर सास अझै चलिरहेको छ।

अठार वर्ष साथ दिएँ, परिवार ठानेर,
शिक्षा, सहारा दिएँ, आफ्नो भन्दा मानेर।
आज उनीहरूकै मौनले मलाई मार्छ,
उपेक्षाको घाउले हरेक रात जल्छ।

गलत बानीले पीडा भुल्न खोजेँ,
रक्सी, धुवाँमा आफैँ हराउन खोजेँ।
तर नशाले पनि भरिन सकेन,
छोराछोरीको खालीपन मनबाट मेट्न सकेन।

म अझै बाँचेको छु, टुक्रिएको सपना लिएर,
भीडमा पनि एक्लो, आफ्नै छायाँसँग डराएर।
नाम थियो सबैको, आज शून्यता छ,
बाँचिरहनु नै आज सबैभन्दा ठूलो युद्ध छ।

साथीहरू छन्, भगवान् जस्तै बनेर,
ढलेको मलाई उठाउँछन् हात समाएर।
यदि भोलि उज्यालो आयो भने,
यो पीडाले पनि अर्थ पाउनेछ भने।

म अझै बाँचेको छु, हार मानेको छैन,
माया टुट्यो तर आत्मा मरेको छैन।
एक दिन छोराछोरीले बुझ्नेछन् मलाई,
त्यो आशाले आज पनि बाँचिरहेको छु म यहीँ।

यदि यो गीत कसैले सुन्छ भने,
मेरो पीडा मात्र होइन, मेरो साहस पनि सम्झनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP