मंगलबार , अषोज २७, २०८३

जेनजी अगुवा सुदन गुरुङले ऊर्जामन्त्री कुलमा घिसिङ रवि–बालेन एकतामा नसमेटिएका वा समेटिन नचाहेका भनी प्रश्न गरेका छन् । रवि लामिछाने र बालेन्द्र शाहबीच भएको एकतामा घिसिङलाई नसमेटेको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।

रवि–बालेन र कुलमानबीच आइतबार राति वार्ता भइरहँदा सुदनले फेसबुकमार्फत कुलमानलाई नसमेटिए पक्ष लिनुपर्ने बाध्यता आइपर्ने चेतावनी दिएका छन् । यसअघि यी तीनै जनाबीच एकताको प्रयास भइरहे पनि अन्ततः आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच मात्र सहमति भएको थियो ।

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङलाई उक्त एकताबाट बाहिर राखिनु परिवर्तन चाहने जनताका लागि दुःखद रहेको गुरुङले उल्लेख गरेका छन्। साथै उनले अझै पनि कुलमान नसमेटिए पक्ष लिनुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन्।

‘मध्यराति गुरुङले फेसबुकमा लेखेका छन्, ‘ ‼️रातिको 1:01 am‼️ यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौ…. कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ । अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला! तर आजको समयले तपाईहरुलाई सँगै उभिने म्याण्डेट दिएको छ।

आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ… कृपया यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ।

त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ… के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो? जेनजीले हेरिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP