मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् सहमति व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

दुईपक्षबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि प्रधानमन्त्री बालेन हुने सहमति भएको हो । लामिछानेले लेखेका छन्, “सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।”

लामिछाने र शाहबीच भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। सहमतिअनुसार आगामी आम निर्वाचनपछि बन्ने संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारिनेछ। पार्टीको सांगठनिक कमान्ड भने सभापति रवि लामिछानेले नै सम्हाल्ने गरी कार्यविभाजन तय गरिएको छ।

रास्वपा र बालेनबिच ‘बृहत् एकता’को सहमतिपछि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत बालेन शाह अव रास्वपा नेता भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘बालेन्द्र शाह: अब रास्वपा नेता, आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP