मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन नगरी पार्टी निर्वाचनमा नजाने बताएका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले महाधिवेशन नगरी र नयाँ नेतृत्व नछानी पार्टी निर्वाचनमा जान नहुने र नजाने बताएका हुन् । उनले भने, ‘एक, दुई, तीन महाधिवेशन नगरी, नेतृत्व नयाँ नछानी नेपाली कांग्रेस निर्वाचनमा जाँदैन, जान हुँदैन ।’

साथै, सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई दिएको कार्यवाहक नाममात्रैको रहेको पनि उनले बताए । उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘पार्टी सभापतिले कार्यवाहक दिनुभएको छ । तर, नाममात्रैको कार्यवाहक छ ।’

पार्टीको सर्वोत्तम हितको बारेमा सबैभन्दा बढी सभापतिले चिन्ता गर्नुपर्ने बताउँदै महामन्त्री थापाले अधिवेशन गराउनुपर्ने सन्दर्भमा भूमिका निर्वाह गर्न आग्रह गरे । उनले यही बैठकबाट आवश्यक निर्णय हुने र आगामी कदम चालिने बताए ।

पार्टीको नियमित महाधिवेशनको कार्यतालिका तलमाथि हुने अवस्थामा विशेष महाधिवेशनको विकल्प कायमै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP